बार्सिलोनाको अपराजित यात्रा कायमै, मेस्सी र स्वारेजले जोगाए बार्सिलोनालाई

230
  •  
  •  
  •  

चैत १८ – स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै रहेको छ।

शनिबारको खेलमा बार्सिलोनाले सेभिल्लासँग २–२ को बराबरि खेले पनि आफ्नो ३७ खेलको अपराजित यात्रा भने कायम राखेको छ। बार्सिलाना लगभग पराजित भएको खेलमा लुइस स्वारेज र लियोलन मेस्सीले दुई मिनेट भित्रमा २ गोल गरेपछि खेल बराबरिमा सकिएको थियो।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २–० ले पछि परेको खेलमा उत्कृष्ट कमब्याक गरेको थियो। यस बराबरिसँगै बार्सिलोनाले ला लिगामा अपराजित यात्रा खेल पुगेको छ।

सेभिल्लाले पाहुना टोलीलाई दबाबमा राखेको खेलमा ३६औँ मिनेटमा फ्रान्चोले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो। यस्तै ५०औँ मिनेटमा लुइस मोरिसले गोल गरेपछि सेभिल्लाले दुई गोलको अग्रता लिएको थियो। सबैको अनुमा बार्सिलोना खेल हार्ने भयो भन्ने थियो तर ८८औँ र ८९औँ मिनेटमा गोल पछि खेल बराबरिमा आएको थियो।

यस बराबरिसँगै शिर्ष स्थानको बार्सिलोनाको ७६ अंक छ भने सेभिल्ला ४६ अंकसहित छैटौं स्थानमा छ ।


  •  
  •  
  •