बार्सिलोनाले ला लिगामा बनायो नयाँ किर्तिमान

344
  •  
  •  
  •  

बैसाख २ – स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा धेरै खेलसम्म अपराजित हुने टिमको किर्तिमान आफ्नो नाममा लेखाएको छ।

शनिबार रातिको खेलमा भ्यालेन्सियालाई २–१ गोलले पारजित गर्दै आफ्नो लगातार ३९ खेलमा अपारजितको किर्तिमान बनाएको हो।

यो भन्दा पहिला ला लिगामा धेरै खेलसम्म अपराजित हुनेको किर्तिमान भने रियल सोसिडाडको नाममा थियो। सोसिडाडले १९७९–८० को सिजनमा उक्त किर्तामान बनाएको थियो।

गएको सिजनमा मालागासँग २–० गोलले हार ब्यहोरेको बार्सिलोनाले त्यस यता हारको सामना गर्नु परेको छैन। बार्सिलोनाले सोसिडाडको किर्तिमान आफ्नो बनाउनको लागि जारि सजिनमा ३२ खेल र गएको सिजनमा ६ खेलमा अपराजित भएको हो। उसले यो सिजनमा खेलका ३२ खेल मध्ये २५ खेलमा जित हासिल गरेको छ भने ७ खेल बराबरि खेलेको छ।

बार्सिलोनालाई किर्तिमान दिलाउनको लागि लुइस स्वारेज र उम्प्टीटी नायक बने। यी दुवै जनालाई पास भने फलिपे क्वन्टिन्होले उपलब्ध गराएका थिए। खेलको १५औँ मिनेटमा लुइस स्वारेजले गोल गरे भने ५१औँ मिनेटमा उम्प्टीटीले दोस्रो गोल गरेका थिए। खेलको ८७औँ मिनेटमा भ्यालेन्सियाका परेजोले पेनान्टी मार्फत सान्त्वना गोल गरेका थिए।

यस जितसँगै ३२ खेलबाट ८२ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको भने ला लिगाको उपाधि जित्न अब ७ अंक मात्र आवश्यक छ। दोश्रो स्थानको एथ्लेटिको मड्रिडको ३१ खेलबाट ६८ अंक छ भने तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको ६५अंक रहेको छ।


  •  
  •  
  •