एथलेटिको बिल्बाओको पोष्टमा बार्साको आधा दर्जन गोल

260
  •  
  •  
  •  

काठमाडौँ, ४ माघ(ओएनएस) : स्पेनिस ला लिगाको गयराती सम्मन्न खेलमा लुइस स्वारेजको गोलको मद्दतमा बार्सिलोनाले एथलेटिको बिल्बाओलाई फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाले बिल्बाओलाई ६-० गोलअन्तरले पराजित गरेको छ ।

खेलको ५ मिनेटमा नै गोलकिपर गोर्का इराइजोजले रातो कार्ड पाएपछि बिल्बाओ कमजोर बनेको थियो । गोलकिपरले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको बिल्बाओमाथी बार्सोलोना हावी भएको थियो । खेलको ७ औ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीबाट अग्रता लिएको थियो । मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसपछि खेलको ३१ औ मिनेटमा गोल गर्दै नेयमारले टोलीको अग्रतालाई दोब्बर पारे ।

दोस्रो हाफमा बार्सिलोना थप ४ गोल गर्दै खेल ६-० गोलअन्तरले जितेको थियो । खेलको ४७ औ मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए । खेलको ६२ औ मिनेटमा इभान राकिटिकले गोल गर्दै खेललाई ४-० को स्थितिमा पुर्‍याए । यसको केही मिनेटपछि नै स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५-० को स्थितिमा पुर्‍याए र खेलको ८२ औ मिनेटमा लुइस स्वारेजले गोल गर्दै ह्याट्रिक पुरा गरे र खेल ६-० को स्थितिमा पुग्यो ।

जितपछि बार्सिलोनाको १९ खेलबाट ४५ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । १ खेल बढी खेलेको एथलेटिको मड्रिडले ४७ अंक जोडेको भने एथलेटिको मड्रिडसँग समान खेल खेलेको रियल मड्रिडले ४३ अंक जोडेको छ ।


  •  
  •  
  •