बार्सिलाेना ३–० गाेल अन्तरले विजयी

315
  •  
  •  
  •  

२४ पुस- स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले लिभान्टेलाई ३–० गाेल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीले १२औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । यस्तै खेलको ३८औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम समयमा लियोनल मेस्सीको पासमा पाउलिनोले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

यस जित सँगै शिर्ष स्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ४८ अंक रहेको छ भने दा्स्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको समान खेलबाट ३९ अंक रहेको छ । यस्तै चौथो स्थानमा रहेको रियल म्याड्रिडको एक खेल कम बाट ३२ अंक रहेको छ ।


  •  
  •  
  •