८० किलो गाँजा बरामद

502
  •  
  •  
  •  

काठमाडौं । मकवानपुर प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ । बिहीबार हेटौंडा उपमहानगर –१० भुटनदेवीबाट बा ६ च १४७६ नम्बरको कारबाट गाँजा बरामद भएको हो।

प्रहरी देखेपछि कार तीव्र गतिमा हाँकिएको थियो । भुटनदेवी मन्दिर जाने बाटोमा पार्किङ गरि राखेको उक्त कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो। कारमा सवार मानिस भने भेटिएनन्। प्रहरीले स्थानीय र जनप्रतिनिधिको रोहवरमा कारको लक खोलेर हेर्दा गाँजा फेला पारेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। कारमा केही कागजात पनि भेटिएको उनका भनाइ छ ।


  •  
  •  
  •