अबैध रुपमा भित्र्याईएका खसी बरामद

303
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख (ओएनएस): अबैध रुपमा काठमाडौ भित्र्याईएका खसी बरामद प्रहरीले बरामद गरेकाे छ। बलम्बु प्रभाग वृतद्धारा सइ गोविन्द बहादुर साउदको कमाण्डमा खटिएको टोलीले चेकजाचको क्रममा ३ छुट्टा छुट्टै सवारी साधनबाट अबैध रुपमा काठमाण्डौ भित्र्याइ रहेकाे अवस्थमा उक्त खसी बरामद गरेकाे हाे।

बरामद गरिएकाे उक्त खसी आबश्यक कारवाहीको लागी पशु क्वारेन्टाईनको कार्यालय काठमाण्डौमा पठाईएको बलम्बु प्रभागकी इन्स्पेक्टर शर्मिला गुरुङले बताइन्।

उनले भनिन्’पशु ढुवानी मापदण्ड २०६४ अनुसार कुनै पनी पशुपंक्षी तथा पशुजन्य पदार्थको आन्तरिक ओसार पसार र बिक्री बितरणको लागि भेटेरिनरी प्रमाण पत्र लिएर काम गर्नु पर्छ तर बरामद गरिएका खसी धनीहरुसँग उक्त प्रमाण पत्र नहुँदा नियन्त्रणमा लिएकाे हाे।’

पशु चिकित्सकबाट पशुपंक्षीको राम्रो संग स्वास्थ्य परिक्षण गरेर स्वस्थ छ भने मात्र यस्ता प्रमाण पत्र दिइने कानुनी ब्यबस्था छ।


  •  
  •  
  •