बारामा विद्यार्थी र प्रहरीबीच झडप

361
  •  
  •  
  •  

काठमाडौं, १६ चैत(ओएनएस) : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ मा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

झडपमा प्रहरी सहायक निरीक्षक अशोक कुर्मी र प्रहरी जवान निरू श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएको बताइएको छ ।

विद्यार्थीहरुले प्रहरीको ना १ झ ७१२ गाडीमा आगजनी गरेका छन् । एसईई परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज-पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास समेत प्रहार गरेको छ । विद्यार्थीका प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।

विद्यार्थीहरुले सप्तरीमा पनि प्रदर्शन गरेका छन् । प्रश्नपत्र आउट भएपछि एसइई स्थगित गरिएको विरोधमा सप्तरीमा बिहानैदेखि विद्यार्थीले आन्दोलन गरेका हुन् ।

सप्तरी खडक नगरपालिका–३ स्थित विद्यार्थीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
त्यसैगरी सदरमुकाम राजविराजमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

अवरुद्ध राजमार्ग खुलाउन प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।

शनिबार हुने एसइई अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि शुक्रबार आउट भएपछि प्रदेश २ का सबै केन्द्रहरूमा परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको थियो ।


  •  
  •  
  •