थुप्रै योजना बोकेर ओबामा चीन भ्रमणमा

161
  •  
  •  
  •  

obama-at-chinaकाठमाडौ, २४ कात्तिक(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामा सोमबार तीदिवसीय चीन भ्रमणका लागि चीन पुगेका छन् । भ्रमणको पहिलो दिन उनले उच्च स्तरिय एशिया-प्यासिफिक को-अपरेशन सम्मेलनमा भाग लिनेछन् । यसका साथै विश्वका दुई सबैभन्दा ठुलो अर्थव्यवस्था भएका राष्ट्रहरूबीच जलवायु परिवर्तनसम्बन्धी मुद्धालाई लिएर छलफल हुनेछ ।

चीन भ्रमणका क्रममा राष्ट्रपति ओबामा निकै व्यस्त रहनेछन् । राष्ट्रपति ओबामाले आजै एशिया प्यासिफिक इकोनोमिक को-अपरेसन फोरमको समूहको बिजनेस एग्जिक्युटिभसँग छलफल गर्नेछन् । ओबामा बुधबार ग्रेट हल अफ पीपुलमा चीको राष्ट्रपति शी जिंनपिंगसँग भेटवार्ता गर्नेछन् । यहाँ उनले चीनीयाँ नेताहरूसँग पनि छलफल गर्नेछन् । राष्ट्रपति भएपछि ओबामाको यो दोस्रो चीन भ्रमण हो ।

ओबामा ११ देशका नेताहरूसँग भेटघाट गरेर ट्रान्स-पेसिफिर पार्टनरशीप बनाउने प्रयत्न गर्नेछन् । यो अमेरिकाको एक महत्वकांक्षी व्यापार सम्झौता हो । तर, यी देशहरूमा चीन भने समावेश छैन् । चीनसँग ओबामाले मुख्य व्यवसायीक प्रस्ताव गर्नेछन् । अर्थशास्त्रीहरूका अनुसार चीन सन् २००१ मा वर्ल्ड ट्रेड अर्गनाईजेशनमा शामेल भएपछि अमेरिकाका लागि ओबामाले ल्याएको प्रस्ताव अमेरिकी कम्पनीका लागि चीन बजारमा एक महत्वपूर्ण सुरूवात हुनेछ ।

यस्तै, ओबामाले भ्रमणका क्रममा चीनसँग अन्य थुप्रै प्रस्तावहरू पनि राख्ने बताइएको छ ।


  •  
  •  
  •