ओबामाले छुट्टी कसरी मनाउँछन् ?

78
  •  
  •  
  •  

barak obama
barak obama

काठमाडौैं ९ भदौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले छुट्टीमा जाँदैनन्। पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ छुट्टीमा जान चाहँदैनन् तर तहरिक-ए-इन्साफ पार्टीका नेता इमरान खान उनलाई बलजफ्ती लामो छुट्टीमा पठाउने आन्दोलनमा छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामा बल्लबल्ल कामकाज मिलाएर छुट्टी मनाउने गर्छन्।
उनको छुट्टीमा पनि विश्वमा भइरहेको गतिविधिमा ओबामाले के कस्तो निर्णय लिन्छन् भन्ने तर्फ सबैको ध्यान जाने गर्छ। ओबामा दुई साताको छुट्टीमा मार्थस् भिनयार्डमा घुमिरहेका छन्। पक्कै पनि उनले केही आराम र रमाइलो गरी वासिङटन फर्किने सोचेका थिए। तर, छुट्टीमा पनि उनले के आराम पाउँथे र?
इराकमा सक्रिय इस्लामिक स्टेट (आईएस) ले ओबामाको छुट्टीको समयमा इराकमा दादागिरी देखाइहाल्यो। आईएसले हिंसा भड्काएपछि ओबामा क्यामरा अगाडि आउनै प:यो। उनले आईएसविरुद्ध लड्न अमेरिकी सैनिक पठाउने निर्णय लिए। त्यसपछि उनले फेरि सानो छुट्टी मनाए। गल्फ खेले, आइसक्रिम खाए, साइकल चलाए र एक साथीको बर्थ डे पार्टीमा पनि गए। पार्टीमा उनले खुबै नाचेको खबर छ। यसको अर्को दिन मिसुरीमा दंगा भड्कियो।
त्यहाँ एक अश्वेत अमेरिकीलाई प्रहरीले हत्या गरेको भन्दै झडप पनि भयो। पत्रिकाहरूले प्रथम पृष्ठमै दुई ठूलो तस्बिर राखे – एकमा ओबामाले गोल्फ खेलिरहेका र अर्को मिसुरीमा हिंसा भड्किरहेको। अमेरिकाका प्रथम अश्वेत राष्ट्रपतिले के गरिरहेका छन् भन्ने टिप्पणीहरू निकै आए।
यो घटना सेलाउन नपाउँदै इराकी कट्टरपन्थीले सबैलाई स्तब्ध बनाउने गरी अमेरिकी पत्रकारको टाउको काटिएको भिडियो सार्वजनिक ग:यो। ती पत्रकार सन् २०१२ को अन्तदेखि सिरियामा हराएका जेम्स फोली थिए। भिडियोमा विद्रोहीले इराकमा जारी अमेरिकी हवाईआक्रमणको बदला दिन यस्तो गरिएको बताएका छन्। इराकमा हवाई आक्रमण बन्द नगरेमा आफ्नो नियन्त्रणमा भएका अर्का अमेरिकी पत्रकारको पनि हत्या गर्ने धम्कीसमेत दिइएको छ। यस घटनापछि ओबामाले फेरि सम्बोधन गर्दै आईएसविरुद्ध कारबाही गर्ने र अमेरिकी नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता दोहोराए। अरुले त ओबामाको आलोचना ग:यो, यसमा ठूलो कुरो पनि भएन। तर, ओबामालाई सहयोग गर्ने पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि ओबामाविरुद्ध बोलिन्। हिलारी सन् २०१६ मा फेरि ह्वाइट हाउसमा छिर्ने कोसिसमा छिन्।
एक अन्तर्वार्तामा उनले ओबाको विदेश नीतिको खुबै आलोचना गरिन्। त्यसपछि ओबामा र हिलारीबीच फोनवार्ता भएको थियो। फोनमा हिलारीले ओबामालाई ठेस पु:याउन उद्देश्य नभएको भन्दै भेटघाट गर्ने कुरा गरिन्। सोमबार ओबामाको छुट्टी सकिँदैछ। ओबामाले पूर्वराष्ट्रपतिहरूभन्दा कम छुट्टी लिने गर्छन् तर उनको छुट्टीको आलोचना पनि हुने गरेको छ। – एजेन्सी /अन्न्पूर्णपाृष्ट


  •  
  •  
  •