ओबामाको लोकप्रियता घट्यो

284
  •  
  •  
  •  

काठमाडौं, २० असार (एजेन्सी) । अमेरिकामा गरिएको एक नयाँ  सर्वेक्षणमा हाल दोस्रो पदावधिमा रहेका राष्ट्रपति बाराक ओबामा दोस्रो विश्वयुद्धपछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा परेका छन् ।

किनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा भाग लिने व्यक्तिमध्ये ३३ प्रतिशतले राष्ट्रपति ओबामा गत ७० वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन् । अठ्ठाईस प्रतिशतले उनी पूर्वका रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसलाई यस्तो अवस्थामा हेरेका छन् ।

सर्वेक्षणमा भाग लिने ३५ प्रतिशतले सन् १९८१ देखि १९८९ सम्म शासन गर्ने रिपब्लिकन पार्टीका राष्ट्रपति रोनाल्ड रेगनलाई सन् १९४५ पछिको सबैभन्दा राम्रो राष्ट्रपतिको रूपमा हेरेका छन् । १८ प्रतिशतले यस्तो अवस्थामा बिल क्लिन्टनलाई छनोट गरेका छन् ।

१५ प्रतिशतले भने जोन एफ केनेडी सबैभन्दा राम्रो राष्ट्रपति भएको बताएका छन् । किनिपियाकको सर्वेक्षणका सहायक निर्देशक टिम मालोयले ६९ वर्षको अमेरिकी इतिहासमा १२ जना राष्ट्रपति भएको र राष्ट्रपति बाराक ओबामा तथा राष्ट्रपति जर्ज डब्लु बुस सबैभन्दा नराम्रो राष्ट्रपतिको रूपमा देखापरेको बताए ।


  •  
  •  
  •