राष्ट्रपति ओबामा भन्छन्, ‘हिलारी उत्कृष्ट राष्ट्रपति बन्छिन्’

203
  •  
  •  
  •  

obamaकाठमाडौ, २९ चैत(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनको प्रशंसा गर्दै उनी देशको उत्कृष्ट राष्ट्रपति बन्ने बताएका छन् । हिलारी राष्ट्रपति पदका लागि हुने आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट आफ्नो उम्मेदवारी घोषणा गर्न सक्ने सम्भावना रहेको समाचारहरूमा जनाइएको छ । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने होडमा रहेकी छिन् ।

क्लिन्टनले ओबामासँग राष्ट्रपतिका लागि सन् २००८ मा प्रतिष्पर्धा गरेकी थिइन् । उनीसँग ओबामासँग पराजित भएकी हिलारी ओबामाको मन्त्रीमण्डलमा विदेश मन्त्रीको रुपमा रहेकी थिइन् । राष्ट्रपति ओबामाले शनिबार पनामामा एक क्षेत्रीय सम्मेलनमा भनेका छन्, ‘उनी सन् २००८ मा एक दमदार प्रतिष्पर्धी थीइन् । आम निर्वाचनमा उनले मेरो पूर्ण समर्थन गरेकी थिइन् । उत्कृष्ट विदेश मन्त्री समेत रहिन् । उनी मेरी साथी हुन् ।’ उनले भने, ‘मलाई लाग्छ की उनी एक उत्कृष्ट राष्ट्रपति हुनेछिन् ।’

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ६७ वर्षीया हिलारीले डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी घोषणा गर्न सक्नेछिन् । पूर्व प्रथम महिला हिलारी वर्तमान राष्ट्रपति ओबामाको उत्तराधिकारी बन्ने होडमा रहनेछिन् ।


  •  
  •  
  •