बारा ३० पुस (ओएनएस) : बाराको अमरपट्टि गाविसको गाउपरिषदको बैठकका क्रममा स्थानिय वासिन्दाबीच झडप भएको छ । विवाद पछि भएको झडपमा १ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन । अमरपट्टि गाविसका अवतार प्रसाद यादवको झडपमा मृत्यु भएको छ भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।
दुई पक्षबीच भएको विवादले उग्ररुप लिएपछि भएको झडपमा घाइते भएका अमरपट्टी ७ का अवतारप्रसाद यादवको मृत्यु भएको हो । उनको उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले झडपमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।