कलैयाकी बालिका बलात्कारीलाई सर्बस्वसहित जन्मकैद

169
  •  
  •  
  •  

bara-rape caseकाठमाडौं, ३ चैत (ओएनएस) : बारा कलैयाकी ७ बर्षिया बालिकाकी बलात्कारीलाई जिल्ला अदालत बाराले सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीस लिप्तबहादुर थापााको बेन्चले बालिका बलात्कार गर्ने कन्हाई गुप्तालाई सर्बस्वसहित जन्मकैदको सजाय दिने फैसला सुनाएको हो ।

साथै अदालतले गुप्ताको अंशबाट २ लाख रुपैयाँ बालिकाको परिवारलाई क्षतिपूर्ति दिन समेत आदेश लिएको छ । तीन हप्ताअघि बलात्कृत भएकी बालिकाको गत फागुन २४ गते नारी दिवसको दिन मृत्यु भएको थियो ।


  •  
  •  
  •