‘टोर्नाडो प्रभावितका घर निर्माणको थालनी वैशाख २१ बाट’

502
  •  
  •  
  •  

काठमाडौं, १६ वैशाख (ओएनएस) : १७ चैतमा भएको टोर्नाडो नामक आँधीका कारण बारा र पर्सामा भत्किएका घरको पुनर्निर्माण २१ वैशाखदेखि थालिने भएको छ।

आँधीका कारण क्षतिग्रस्त बनेका १ हजार ४ सय ५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ विनियोजन गरिसकिएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने सोमबार बताए।

बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै नेपाल सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने जनाए।

सङ्घीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नं २ को ससरकारले यस काममा विमति नजनाउने विश्वास व्यक्त गदै उपप्रधानमन्त्री पोखरेलले प्रदेश नं– २ को मुख्य सचिवको सयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको ससमेत सहयोग हुने बताए। यही वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने र ७५० इञ्जिनीयर संलग्न हुने जनाइएको छ।


  •  
  •  
  •