स्थानीयसामू घुँडा टेक्यो सरकारले

153
  •  
  •  
  •  

काठमाडौ, ३ फागुन (ओएनएस) : बाराको कलैयामा रहेको जिल्ला मालपोत, भूमिसुधार र नापी शाखा कार्यालयको सेवा केन्द्र सिमरामा विस्तार गर्ने निर्णय सरकारले फिर्ता लिएको छ ।

उद्योग वाणिज्य संघले सेवालाई सार्ने विरोधमा भएको आन्दोलनपछि सरकारले गत असोज ३० मा गरेको निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव शान्तराज सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता भएको जनाएका हुन् ।

प्रेस विज्ञप्तिमा स्थानीयलाई सेवामा सहज पहुँचको लागि केन्द्र विस्तार गरिएको उल्लेख गर्दै जिल्लाको स्थिति असहज भएकोले निर्णय फिर्ता लिइएको जनाइएको छ ।

सेवा केन्द्र सिमरामा निर्णय फिर्ता भएको पत्र भूमिसुधार मन्त्रालयले पठाएपछि आन्दोलन अगुवाइ गरिरहेको उद्योग वाणिज्य संघले आन्दोलन फिर्ता भएको घोषणा गरेको हो ।

बुधबारदेखि प्रदर्शन र झडप भइरहेको बारा सदरमुकाम कलैया शनिबार पनि बिहानदेखि बेलुकीसम्मै तनावग्रस्त बनेको थियो । आन्दोलन र प्रदर्शनले कलैयाको जनजीवन चार दिनदेखि प्रभावित छ । कलैयामा पसल, बजार, शिक्षण संस्था ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।

Picture1


  •  
  •  
  •