नेपाल बारको नयाँ नेतृत्वको लागि आज मतदान हुँदै

430
  •  
  •  
  •  

काठमाडौं, १६ चैत(ओएनएस): नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।

बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
निर्वाचनका लागि देशभरिमा कुल १० हजार ३ सय १३ मतदाता रहेको बार एसोसिएसनले जनाएको छ ।

काठमाडौं उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८ सय १३ जना सदस्य छन् । काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मतदान केन्द्र ब्यवस्था गरिएको छ ।

त्यस्तै काठमाडौं बाहिर ३४ ठाँउमा मतदान केन्द्र राखिएका छन । २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवं महासचिव पदमा तीन—तीन जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।


  •  
  •  
  •