नेपाल बारको अध्यक्षमा श्रेष्ठ विजयी

514
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ३ हजार १ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनले बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गरे ।

बारको २५ औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार निर्वाचन भएको थियो । निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो।


  •  
  •  
  •