नयाँ वन ऐनमा अधिकार कटौती हुँदैन : मन्त्री बस्नेत

1506
  •  
  •  
  •  

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भोलीका सन्ततिलाई हुने गरि बनको व्यवस्थापन हुनु आवश्यक रहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा काठमाडौंमा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वनले हरेक समुदायिकलाई लाभान्वित गर्ने बताए ।

यस्तै मन्त्री बस्नेतले अब बन्ने वन ऐन २०७६ मा वन उपभोक्ताहरुका अधिकार कटौति नहुँने भन्दै थपिएर अधिकार प्राप्त हुने बताए ।  नयाँ  वन ऐन समितिमा धेरै छलफल गरि अगाडि बढेको मन्त्री बस्नेतको भनाइ छ ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद पार्वत गुरुङले सरकारले सामुदायिक वन उपभोक्ता समुहका अधिकारलाई कटौती गर्न नहुने बताए ।

सामुदायिक उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सामुदायिक वनका सन्दर्भमा तीन तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताइन् ।

उनले नयाँ वन ऐनमा उपभोक्ताको अधिकार कटौती भएमा महासंघ चुप लागेर नबस्ने बताइन् ।
वन तथा भू–संरक्षण विभागका महानिर्देशक रामप्रसाद लामिछानेले हरेक सामुदायिक वनले समुदायलाई कसरी उद्यमशिल, लाभान्वित बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सामुदायिक वन उपभोक्ता महासंघका संस्थापक अध्यक्ष हरिप्रसाद न्यौपानेले कसरी दिगो वन व्यवस्थापन गर्न सकिन्टछ त्यसतर्फ ध्यानदिनुपर्ने बताए ।

महासंघका सचिव ठाकुर भण्डारीले महासंघ समुदायमा उद्यमशिलता, समृद्धि र रोजगारी सृजना गर्नमा अग्रसर रहेको बताए ।

कार्यक्रममा ‘दिगो विकास लक्ष्यमा सामुदायिक वनको योगदान’सम्बन्धि पुस्तक समेत विमोचन गरिएको थियो ।
यस्तै दिवसको अवसरमा शनिबार बिहान रत्नपार्कदेखि राष्ट्रियसभागृहसम्म प्लेकार्डसहित प्रभात फेरीको आयोजना गरिएको थियो ।


  •  
  •  
  •