भारतमा संयुक्त लगानीमा बैंक खोल्ने मेगाको योजना

248
  •  
  •  
  •  

काठमाडौं,७ साउन (ओएनएस): मेगा बैंक लिमिटेडले भारतमा संयुक्त लगानीमा बैंक खोल्ने योजना रहेको बताएको छ । प्रतिश्पर्धा र क्षमताका आधारमा देश बाहिर संयुक्त रुपमा मेगा बैंक स्थापना गर्ने उद्देश्यले भारतमा बैंक खोल्न लागेको हो । सिक्किम, दार्जिलिङ तथा देहरादुनबाट शाखा खोल्नका लागि माग आइसकेको मेगा बैंकका अध्यक्ष मदनकुमार दाहालले बताए । युरोप, अमेरिका, जापानमा तत्काल जान नसके पनि भारतमा संयुक्त साझेदारीमा बैंक खोल्न लागेको उनले जानकारी दिए ।
उनले कम्तिमा ५ ठाउँमा क्षेत्रीय कार्यालय खोलेर अगाडि बढ्ने सोच बनाएको जानकारी दिए । अध्यक्ष दाहालले वितेको वर्षलाई सुनौलो बर्षको संज्ञा दिएका छन् । गतबर्ष बैंकले आफ्ना प्रबद्र्धक र शेयरधनीलाई पहिलोपटक ९ प्रतिशत नगद लाभांश बाँड्न सफल भएकोले सुनौलो बर्षको संज्ञा दिइएको उनले बताए ।
आफुसँग खुलेका अन्य बैंक भन्दा धेरै लाभांश बाँड्न सक्नु उपलब्धिका रुपमा लिएको बैंकले जानकारी दिएको छ । बैंकले गत बर्ष ल्याएको ‘हलोदेखि हाइ«डोसम्म’ नारा बमोजिम अघिल्लो आर्थिक बर्षलाई साना मझौला व्यवसाय (एसएमई) र लघुबित्त कार्यक्रममा केन्द्रित गरेको बताएको छ ।
यस आर्थिक बर्षमा ग्राहकको माग बमोजिम भिसा कार्ड ल्याउन लागेको निमित्त सिइओ प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए ।
बैंकले चौथो वार्षिकोत्सवका अवसरमा बुधबार एक कार्यक्रम विच धापासीस्थित पवित्र समाज सेवा नेपाललाई ९९ हजार ९ सय ९९ रुपैंया नगद सहयोग प्रदान गरेको छ ।
मेगा बैंकले गत आवमा १७ अर्ब १५ करोड बरावर निक्षेप संकलन गरेको छ । त्यस्तै १४ अर्ब ८७ करोड रुपैयाँ बरावरको कर्जा प्रवाह गरेको बताएको छ । कर्जाको औसत आकार १६ लाख र निक्षेपको १ लाख ४३ हजार रहेको बैंकको हाल १ लाख ३० हजार ग्राहक पुगेको बताइएको छ ।
देशभर २८ वटा शाखा रहेको मेगा बैंकका ३१ वटा एटीएम सञ्जाल छ । देशका ४७ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले ११ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।


  •  
  •  
  •