प्रभुको उपहार चारजनालाई

400
  •  
  •  
  •  

काठमाडौं, २४ असोज (ओएनएस) : दशैंतिहारको अवसरमा सञ्चालन गरेको प्रभू मनि ट्रान्सफर उपहार योजनामा प्रभूबाट पैसा पठाउने थप ४ जनाले पुरस्कार पाएकाछन्।

विजेताहरु मध्य दुईजना धनुषा निवासी राम दुलारी देवी र सप्तरी निवासी सुनीता देवी बेल्डारले १ लाख १० हजार रुपैया बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन भने, त्यसै गरी झापा बिर्तामोड निवासी दुतदुत कुमार चौधरी र पोखरा निवासी सर्मिला खर्ती भण्डारीले लेमन मोवाइलको बी २०१ मेवाइल सेट प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने छन्। त्यसैगरी हरेकदिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरर्दै अएको छ ।
यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने छ ।
यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने छ। पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिदिने छ।


  •  
  •  
  •