नक्कली सुनकाे अाडमा लाखौं कर्जा, बैंक कर्मचारीसहित तीन जना जेल चलान

230
  •  
  •  
  •  

काठमाडौं, २२ चैत-   बैंकमा नक्कली सुन राखेर कर्जा लिई कर्मचारीकै मिलेमतोमा ठगी गर्ने तीन जना जेल चलान भएका छन्। बिर्तामोडका मिना देवी खड्का, शम्भु खत्री र राज कुमार तामाङ्ग जेल चलान भएका हुन्।

राजकुमार बैंकका कर्मचारी हुन्। उनले ठगीमा सहयोग गरेका थिए।

त्यस्तै ठगीमा संलग्न राजकुमार श्रेष्ठ, गणेश प्रधान र प्रबेश अधिकारी धरौटीमा छुटेका छन्। राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोड झापामा नक्कलि सुन धितो राखी कु २३ लाख रुपैयाँ ठगी गरेका थिए। बैंकको धुलाबारी शाखाबाट समेत उनीहरुले ४ लाख २८ हजार रुपैयाँ निकालेर ठगी गरेको प्ररहीले जनाएको छ।

सो मुद्दामा जिल्ला अदालत झापाले आदेश दिएको हो। बैंकका कर्मचारी राजकुमारलाई ३ लाख ९८ हजार रुपैयाँ धरौटी माग भएकोमा तिर्न नसकी उनी जेल चलान भएका हुन्। घटनामा बैंकका कर्जा अधिकृतहरुको समेत मिलेमतो हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।


  •  
  •  
  •