काठमाडौं, २ असार (ओएनएस) : नबिल बैंक लिमिटेडलाई दक्षिण एशियाली लेखापरीक्षकहरुको संस्था साफाले ‘साफा उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति अवार्ड २०१२ अन्तरगत सर्टिफिकेट अफ मेरिटद्वारा सम्मानित गरेको छ । सम्मान कार्यक्रमको आया्ेजना इस्लामावाद, पाकिस्तानमा भएको थियो र साफाका सभापति एस.के.अग्रवालले नबिल बैंकका निर्देशक शम्भु प्रसाद पौड््याललाई उक्त प्रमाणपत्र प्रदान गरेका थिए ।
नबिल बैंकले उक्त प्रमाणपत्र विगत ३ वर्षदेखि निरन्तर प्राप्त गर्दै आएको छ । विभिन्न विधाका अवार्डहरुको छनौट साफाको मुल्याङ्कन समितिले गरेको थियो र मुल्याङ्कनको आधार पारदर्शिता, जवाफदेहीता र संचालनको सुधारलाई आधार बनाइएको थियो । नबिल बैंकले नेपालमा चार्टर्ड एकाउण्टेण्टहरुको संस्था आइक्यानद्धारा दिइने बिंपिए अवार्ड प्राप्त गर्दै आएको बैंकले जनाएको छ ।
बैंकले ४८ शाखाहरु, ८५ एटिएमहरुका साथ बृहत एटिएम सञ्जाल र करिब १३०० नबिल रेमिट एजेण्टहरु मार्फत् देशव्यापी रुपमा व्यवसायिक र उत्कृष्ट बैंकिंग सेवाहरु प्रदान गर्दै आएको छ ।