भारतका बैकहरू ६ दिनसम्म बन्द हुने

421
  •  
  •  
  •  

indian-moneyकाठमाडौ, ५ माघ(एजेन्सी) : भारतका बैकहरू ६ दिनसम्म बन्द हुने भएका छन् । १९ जनवरी र २० जनवरी दुईसिन खुला रहेपछि ६ दिनसम्म बन्द हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२१ जनवरीदेखी २४ जनवरीसम्म ४ दिन सार्वजनिक क्षेत्रका कर्मचारिहरूले हड्ताल गर्ने भएका छन् र २५ जनवरी आईतबार परेको र २६ जनवरीमा भारतको गणतन्त्र दिवस हुने हुनाले बैकहरू बन्द हुने भएकाले लगातार ६ दिनसम्म बैकहरू बन्द हुने जनाइएको छ ।

तलब बृद्धीको विषयमा इन्डियन बैंकिग एशोसियसन(आईबीए) र युनाइटेड फोरम अफ बैक युनियन्स(युएफबीयू)को बीचको कुराकानीमा कुनै समाधान ननिस्किएपछि पूर्व प्रस्तावित मिति अनुसार २१ जनवरीदेखी बैकहरू बन्द हुने भएका हुन् ।

हड्ताल र बिदाका कारण ६ दिनसम्म बन्द हुने बैकहरूका कारण चेकबाट हुने कारोबार प्रभावित हुनेछन् । तर, अनलाइनबाट हुने कारोबारहरूमा भने फरक नपर्ने बताइएको छ ।


  •  
  •  
  •