रावा बैंकका कर्मचारीको पोसाक दौरा सुरुवाल र सारी चोलो

221
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक (ओएनएस) : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफना उच्च पदस्थ अधिकृतहरुलाई हप्तामा २ दिन दौरा सुरुवाल कोट तथा कोट र स्वेटर सारी पहिरिनु पर्ने व्यवस्था गरेको छ ।

हाललाई प्रमुख कार्यकारी अधिकृत,नायव महाप्रवन्धकदेखि मुख्य प्रवन्धकसम्मका उच्च पदस्थ अधिकृतहरुले प्रत्येक वुधवार र विहीवार पुरुषको हकमा दौरा ,सुरुवाल, कोट ,टोपी तथा महिलाको हकमा कोट तथा स्वेटर सारी चोलो पहिरिनुपर्ने व्यवस्था गरिएको बताएको छ ।

स्वदेशी कपडाबाट तयार गरिने पहिरनलाई प्राथमिकतामा राखिने यस प्रावधानबाट स्वदेशी उद्यम प्रवध्र्दनमा समेत सहयोग पुग्ने विश्वासका साथ नियम बनाइएको बैंकद्वारा जारी प्रेस विद्दप्तिमा उल्लेख छ ।


  •  
  •  
  •