लुटेरा राईको ढाडमा गोली लाग्यो , अन्य तिनको खोजी भइरहेको

336
  •  
  •  
  •  

काठमाडौं, २ मंसिर(ओएनएस) : मंगलवार एसविआई बैंकको गेटमा लुटपाट भएको छ । लुटिएको २० लाख रकम चन्द्रनिगाहपुरकै इन्फ्रास्टक्चर बैंकको भएको रौतहटका एसपी सानुबावु थपलियाले बताए ।

दिउँसो १२ बजे इन्फ्रस्टक्चरका सहायक प्रवन्धक उज्जवल रिजाल र सुरक्षागार्ड तेजबहादुर कार्कीले एसविआई बैंकबाट रकम निकालेका थिए । त्यसको लगतै लुटेराहरुले गोली चलाएर उनीहरुमाथि आक्रमण गरी सो रकम लुटे हुन् । गोली लागेर गार्ड कार्की घाइते भएका छन् ।

लुटपाट गर्नेमध्ये सिन्धुली पिपलमाडी १ का नारायण राई नाम नामका एक लुटेरा प्रहरीको नियन्त्रणमा छन् । राईलाई समात्ने क्रममा प्रहरीको गोली लागी घाइते भएका छन् । ढाडमा गोली लागेको उनको अवस्था गम्भिर भएको थपलियाले जानकारी दिए ।

उनलाई उपचारका लागि भरतपुर पठाइएको उनले जानकारी दिए ।  गार्ड कार्कीको भने चन्द्रनिगाहपुर अस्पतालमै उपचार भइरहेको छ । अन्य तिन लुटेराको खोजी भइरहेको थपलियाले जानकारी दिए।


  •  
  •  
  •