माछापुच्छ्रे बैंकद्धारा स्मार्ट बचत खाता संचालन

284
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : माछापुच्छ्रे बैंकले आकर्षक सुविधासहितको एमविएल स्मार्ट वचत खाता संचालनमा ल्याएको छ। ६ प्रतिशत ब्याज दिने गरि उक्त खाता संचालनमा ल्याएको बैंकले जानाकारी गराएको हो।

यो खातामा न्यूनतम पाँच हजार वचतमा ६ प्रतिशत ब्याज पाउने बैंकले बताएकोछ। बैंकका अनुसार यो खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधा समेत पाउनेछन्।

ग्राहले पाउने सुविधाहरुमा ईन्टरनेट बैकिङ्ग, एमबिएल मोबाइल मनी, डेबिट कार्ड,क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा र लकर सुबिधामा समेत ५० प्रतिशत छुट पाउने बैंकले जनायो।

खाता खोलेपछि ग्राहकले अब घरमै बसेर आफ्नो बचतलाई मुद्दतीमा रुपान्तरण गर्नसक्ने बैंकले बताएको छ।
इलेक्ट्रोनिक माध्यमबाट खाता सञ्चालनमा ल्याउन स्मार्ट वचत खाता संचालनमा ल्याएको बैंले जानाकारी गराएको हो।


  •  
  •  
  •