बैंकको गार्डद्वारा गार्डकै हत्या

90
  •  
  •  
  •  

महोत्तरी, ३१ साउन(ओएनएस) : महोत्तरीको गौशाला नगरपालिकास्थित नेपाल बैंक लिमिटेड गौशाला शाखामा कार्यरत एक सुरक्षा गार्डलाई अर्को गार्डले गएराती गोली हानेर मारेका छन् ।

घटनास्थलमा पुगेका सुरक्षाकर्मीले ताल्चा लगाइएको प्रबन्धकको कार्यकक्षबाट महोत्तरी सुन्दरपुर गाउँबिकास समिति ९ शिवनगरका ४४ बर्षीय महेश्वर झाको लास बरामद गरेको हो । झाको शरीरमा बाह्बोर बन्दूकको एक गोली लागेको प्रहरीले जनाएको छ ।

ड्युटीमै रहेका सुरक्षा गार्ड सर्लाही सुदामा गाउँ विकास समिति ६ का ४४ वर्षीय अजय सिंहले गोली हानेर भागेको प्रहरीले जनाएको छ । यता स्थानीयहरुलाई सिंहले फोन गरेर पाँच जनाको समूहमा आएकाहरुले झामाथि गोली प्रहार गरि आफूलाई अपहरण गरेको बताएका छन् ।

आरोपित सिंहको खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थल सदरमुकाम जलेश्वरबाट ४० किलोमिटर टाढा छ ।


  •  
  •  
  •