गत आव कुन बैंकको कति निक्षेप र कर्जा वृद्धि ?

56
  •  
  •  
  •  


काठमाडौं । कारोना भाइरसले देश आक्रान्त बनिरहेको बेला गत आर्थिक वर्ष बैंकहरुले निक्षेप र कर्जा बढाएका छन् । गतआव एनआइसि एशिया बैंकको निक्षेप र कर्जाको बृद्धिदर सबैभन्दा धेरै देखिएको छ। गत वर्ष व्यवसाय विस्तारमा एनआइसि एशिया बैंक सबैभन्दा आक्रामक देखिएको छ। नेपाल बैंकर्स संघका अनुसार अनुसार एनआइसि एशिया बैंकले कर्जा लगानी ९१ प्रतिशतले बढाएको छ भने निक्षेप संकलन ८९ प्रतिशतले बढाएको छ।

त्यसैगरी कर्जा लगानी विस्तारमा नविल बैंक दोस्रो स्थानमा देखिएको छ भने निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा देखिएको छ। गत वर्ष नविल बैंकले कर्जा लगानी ५२ प्रतिशतले बढाएको छ भने ग्लोबल आइएमई बैंकले निक्षेप ५६ प्रतिशतले बढाएको छ।

गत वर्ष बैंकहरुको कर्जा लगानी २७ प्रतिशतभन्दा धेरैले बढेको छ भने निक्षेप संकलन पनि झण्डै २० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा व्यवसाय विस्तारमा नेपाल एसविआई बैंक सबैभन्दा पछाडि देखिएको छ। गत वर्ष बैंकको कर्जा लगानी ७.२७ प्रतिशतले मात्रै बढेको छ भने निक्षेप संकलन ४ प्रतिशतले घटेको छ।

 


  •  
  •  
  •