बंगलादेशी क्रिकेटर रुबेल बलात्कारको आरोपबाट मुक्त

134
  •  
  •  
  •  

rubel hossain and najninकाठमाडौ, २४ चैत(एजेन्सी) : आईसीसी विश्वकप २०१५ मा बंगलादेश क्रिकेट टोलीलाई क्वाटरफाइनलसम्म पुर्याउन प्रमुख भूमिका निभाउने तिव्र गतिका बलर रूबेल हुसेनलाई प्रहरीले सोमबार ढाकाको एक अदालतमा एक अभिनेत्रीद्धारा लगाइएको आरोपबाट मुक्त भएको मानिएको छ ।

क्रिकेटसम्बन्धी वेबसाइट ‘क्रिकइन्फो डट कम’का अनुसार प्रहरीले अदालतसामू उक्त घटनाबारे जाँच रिपोर्ट पेश गरेको थियो, जसमा रूबेल विरूद्ध उनीहरूले कुनै प्रमाण भेट्न सकेनन् । आफ्नो अन्तिम रिपोर्टमा प्रहरीले अदालतबाट रूबेललाई दोषमुक्त गराउन माग गरेको थियो ।

जाँच अधिकारी प्रहरी निरिक्षक हालिमा खातुनले ढाकाको मुख्य महानगर दण्डाधिकारीको अदालतसमक्ष आफ्नो रिपोर्ट दर्ता गरेकी थिइन् । अदालतले यो घटनाको आगामी सुनुवाई १३ अप्रिलसम्मका लागि स्थगित गरिदिएको छ ।

बंगलादेशी नायीका नाजनिन अख्तर ह्यापीले पछिल्लो वर्ष १३ डिसेम्बरमा रूबेलविरूद्ध मीरपुर प्रहरी चौकीमा उजुरी गरेकी थिइन् । उनले रूबेलले विवाह गरिदिने झुठो आशा देखाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । रूबेललाई प्रक्राउ गरिएको दुईदिनपछि रूबेललाई ४ हप्ताका लागि जमानत दिइएको थियो ।

अदालतले ८ जनवरीमा रूबेललाफ सोही घटनामा जेल पठाएको थियो । त्यसपछि ११ जनवरीमा दोस्रोपटक जमानत पाएर उनी विश्वकपमा भाग लिनका लागि विदेश यात्राको अनुमति पाएका थिए ।


  •  
  •  
  •