पाकिस्तान फेरी हार्यो बंगलादेशसँग, सिरिज कब्जा

162
  •  
  •  
  •  

pak vs banकाठमाडौ, ७ बैशाख(एजेन्सी) : ३ खेलको श्रृंखलामा लगातार दुई जित हात पार्दै पाकिस्तानविरूद्धको श्रृंखला बंगलादेशले कब्जा गरेको छ । आइतबार राती सम्पन्न भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दे श्रृंखलामाथि कब्जा जमाएको हो ।

२ सय ४० रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले ३८ ओभर १ बल खेल्दै ३ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको थियो । बंगलादेशलाई जित दिलाउनका लागि प्रारम्भिक ब्याटस्म्यान तमिम इकवालले शतकीय पारी खेल्दै अविजित १ सय १६ रन जोडेका थिए । यस्तै, मुस्फिकर रहिमले ६५ रन जोडेका थिए । पाकिस्तानका लागि जुनेद खान, सइद अजमल, राहत अलीले समान १-१ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २ सय ३९ रन जोडेको थियो ।

पाकिस्तानलाई उक्त स्कोरसम्म पुर्याउनका लागि सातौ नम्बरमा आएका साद नसिमले सर्वाधिक ७७ रन जोडेका थिए भने आठौ नम्बरमा आएका वेहाव रियाजले ५१ रन जोडेका थिए । यस्तै, ह्यारिस सोहिलले ४४ रन र अजर अलीले ३६ रन जोडेका थिए । पाकिस्तानलाई उक्त स्कोरमा समेट्नका लागि बंगलादेशका सकिब अल हसनले २ विकेट, नासिर हुसेन, मासराफी मोर्ताजा, अराफत सन्नी र रुबेल हसनले समान १-१ विकेट लिएका थिए।

खेलको म्यान अफ दी म्याच तमिम इकवाल घोषित भएका छन् ।

पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ७९ रनले पराजित गरेको थियो ।


  •  
  •  
  •