अष्ट्रेलिया विरुद्ध बङगलादेशको एेतिहासिक जित

243
  •  
  •  
  •  

Teammates congratulate Bangladesh's Sakib Al Hasan, second left, after the dismissal of Australia's Glenn Maxwell during the fourth day of their first test cricket match in Dhaka, Bangladesh, Wednesday, Aug. 30, 2017. (AP Photo/A.M. Ahad)

ढाका, १४ भदौ (एजेन्सी) : बंगलादेशले अष्ट्रेलिया बिरुद्धको पहिलो टेष्टमा ऐतिहासिक जित हासिल गरेको छ । 

शेर ए बंगला रंगशाला ढाकामा भएको खेलमा बंगलादेशले बंगलादेशलाई २६५ रनको लक्ष्य दिएको थियो । पाहुना टोली अष्ट्रेलियाका ओपनर डेभिड वार्डरको ११२ रनको शतकीय पारी खेलेपनि पर्याप्त भएन ।

अष्ट्रेलियालाई जितका लागि १५६ रन आवश्यक रहँदा ८ विकेट बाँकी थिए । तर, बंगलादेशी सुपरस्टार सकिव अल हसनको जादूयी बलिङसामू कंगारु टोली घुँडा टेक्न बाध्य भयो । अष्ट्रेलिया विरुद्ध बङगलादेशले टेष्टमा जित निकालेको पहिलो पटक हो । बङगलादेशका सकिवले दुवै इनिङमा पाँच/पाँच विकेट लिए ।

अष्ट्रेलियाले बाँकी ७ विकेट गुमाउँदा टिमको खातामा मात्र ७३ रन जोड्न सक्यो । वार्नरका अलावा कप्तान स्टिभ स्मिथले ३७ रन बनाए । प्या क्युमिन्स ३३ रनमा अविजित रहे । बलिङतर्फ अकिवका अलावा तइजुल इस्लामले ३ र मेइदी हुसेनले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङमा सकिव अल हसनको ८४ रनको सहयोगमा २६० रन जोड्दा सबै विकेट गुमाएको थियो ।

पहिलो इनिङमा २१७ रनमै समेटिएको अष्ट्रेलिया दोस्रो इनिङमा ४३ रनले पछि परेको थियो । पहिलो इनिङमा पनि सकिव अल हसनले ५ विकेट झारेका थिए ।

दोस्रो इनिङमा २२१ रन बनाएर अलआउट भएपछि अष्ट्रेलियाले टेष्टको तेस्रो दिनमै बंगलादेशलाई हराउन २६५ रनको लक्ष्य पाएको थियो । बंगलादेशले पछिल्लो पाँच टेष्टमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । खेलको म्यान अफ द म्याच सकिव अल हसनले प्राप्त गरे ।


  •  
  •  
  •