बंगलादेशद्वारा न्युजिल्यान्डसामु २ सय ८९ रनको विजय लक्ष्य प्रस्तुत

131
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा बंगलादेशले न्युजिल्यान्डसामु २ सय ८९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । नटआउट रहँदै महमुदल्लाहले बनाएको एक सय २८ रनको मद्दतले बंगलादेशले २८८ रनकाे स्कोर खडा गरेको हो ।

सेडोन पार्क मैदानमा भैरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । महमुदल्लाहले १ सय २३ बलमा १२ चौका र ३ छक्काको मद्दतले अविजित १ सय २८ रन बनाएका थिए ।

त्यस्तै सौम्या सरकारले ५१ र सब्बिर रहमानले ४० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बल्ट, कोरी एन्डर्सन र ग्रान्ट इलिअटले समान २/२ तथा ड्यानियल भिटोरीले एक विकेट लिए ।

२ सय ८९ रनको विजय लक्ष्य पाएको न्युजिल्यान्ड अहिले जवाफी व्याटिङ गरिरहेको छ ।


  •  
  •  
  •