आईपिएलको फाइनलमा बेङग्लोर र हैदरावाद भिड्ने

187
  •  
  •  
  •  

काठमाडौँ, १५ जेठ(ओएनएस) : इण्डियन प्रिमियर लिग(आईपिएल)को उपाधिका लागि रोयल च्यालेन्जर्स बेङग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिष्पर्धा हुने भएको छ ।

गयराती सम्पन्न दोस्रो क्वालिफायरमा हैदरावादले गुजरात लायन्सलाई पराजित गरेपछि फाइनल भिडन्त बेङग्लोरसँग पक्का गरेको छ । शुक्रबार राती भएको खेलमा हैदरावादले गुजरातलाई ४ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

हैदरावादलाई फाइनलसम्म पुर्‍याउन कप्तान डेभिड वार्नरले कप्तानी पारी खेलेका थिए । १ सय ६३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादलाई कप्तान वार्नर एक्लैले अविजित ९३ रनको योगफल जोड्न सफल भएका थिए । अर्को तर्फबाट कुनै पनि ब्याटस्म्यान लामो समय नटिकेको बेलामा वार्नरले एकतर्फी रूपमा खेललाई आफ्नो पक्षमा पारेका थिए । उनले मात्र ५८ बल खेल्दै ११ चौका र ३ छक्काको मद्दतमा अविजित ९३ रन जोडेका थिए ।

यस्तै, बिपुल शर्माले पनि अन्तिम समयमा ११ बलमा २७ रन जोडेर टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यसअघि ब्याटिङ गरेको गुजरातले पनि राम्रो प्रदर्शन गर्न सकेन । उसका लागि आरोन फिन्चले ५० रन जोडेका थिए भने ब्राण्डम म्याकुलमले ३२ रन, दिनेश कार्तिकले २६ रन, ड्वेन ब्राभोले २० जोडेका थिए ।

खेलको म्यान अफ दी मयाव डेभिड वार्नर घोषित भएका छन् ।


  •  
  •  
  •