बंगलादेशबाट १ सय ५५ जना नेपाली स्वदेश फर्किए

205
  •  
  •  
  •  

काठमाडौं । बंगलादेशबाट १ सय ५५ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन् । कोरोनाका कारण त्यहाँ समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट स्वदेश फर्किएका हुन् । फर्कनेमा ३६ महिला ११९ पुरुष र २ जना दुई वर्ष मुनीका बालबालिका रहेका छन् ।

हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो । यसअघि शुक्रबार ढाकाबाट २५८ जना नेपाली स्वदेश फर्किएका छन् ।

बुधाबार कुवेतबाट १५० जना महिला पनि स्वदेश फर्किसकेका छन् । उनीहरुलाई जजिरा एअरले कुवेतबाट नेपाल ल्याइदिएको हो ।


  •  
  •  
  •