काठमाडौं, ७ साउन (ओएनएस) : बलिउड अभिनेता ऋतिक रोशन र कैटरीना कैफको अभिनय भएको बहुप्रतिक्षित सिनेमा ‘बैंग—बैंक’ को प्रोमो सार्वजनिक भएको छ । एक्सन र रोमान्सको भरपुर प्रयोग गरिएको सिनेमामा ऋतिकले कैटरिनासँग खुलेर रोमान्स गरेकाछन् ।
शिमला, मनाली, दिल्ली, मुम्बई लगायत अमेरीका र ग्रीसमा समेत सुटिङ गरिएको सिनेमाको वेवसाइटमा जानकारी दिइएको छ । फिल्ममा ऋतिकसँग कैटरिनाले रोमान्स गरेकै कारण रणविर कपुर र कैटरिनाका विच झगडा भएको समाचार सार्वजनिक भएका थिए ।