कैदीहरुबीच झडप हुँदा ७ जना घाइते

128
  •  
  •  
  •  

पर्वत २१ साउन (ओएनएस) :  पर्वत कारागारमा कैदि बन्दीबीचच झडप हुँदा ७ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । अन्य ५ जना सामान्य घाईते भएका छन् । गएराती भएको हानाहान घाईते हुनेमा पर्वतको टकलाकका अमृत न्यौपाने, रत्नराज न्यौपाने,लेखफाँट पर्वतका बिक्रम सुबेदी,कास्किका आनन्द केसी र प्रेम तामाङ,लेखनाथ कास्किका लिलाबहादुर खोर्जा र तनहुँका रामबहादुर पाईजा रहेका छन् ।

घाईतेमध्ये लिलाबहादुर खोर्जा र आनन्द केसीलाई थप उपचारका लागी पोखरा लगिएको छ ।अन्य सामान्य घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाईतेहरुको टाउको,नाक र कानमा चोट लागेको प्रहरीले जनाएको छ । कैदिहरुका बिचमा कारागारमा साँझ ८ बजेतिर हानाहान भएको हो । झगडाको कारणबारे भने यकिन हुन सकेको छैन । जिल्ला कारागारमा क्षमता भन्दा बढि वन्दीहरु रहेका छन् । त्यहिभएर कैदि बन्दिहरुका बिचमा अनुसासन कायम गर्न कारागारले आन्तरिक नियमावली बनाएर केहि कैदि बन्दिहरुलाई नाईकेको रुपमा परिचालन गरिएको छ ।


  •  
  •  
  •