यसरी चक्नाचुर भए सपना बाँदरमुढेमा

614
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ : चितवनको माडीमा ९ वर्ष अगाडि आजकै दिन तत्कालिन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी ३८ जनाको ज्यान गयो । ७२ जना यात्रु घाइते भए ।

माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस ०६२ साल जेठ २३ गते ८ बजेतिर विद्युतीय धरापमा परेको थियो ।

घटनामा घाइते भएका मध्ये कतिपय अहिले पनि औषधोपचारो सहायतामा बाँचिरहेका छन् । बम पड्काउने माओवादीहरुले समेत ‘युद्वकालकै कालो दिन र दुखद घटना’ भनेको एम्बुसमा परेकाहरुले अझै राहत पाएका छैनन् । बाँदरमुडे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने–

सुन्नुहोस् उनकै आवाज

सरकारले धेरैपटक राहत दिने भनेपनि पिडितहरुलाई राहत नदिदा बाँदरमुडे पिडितहरु सरकारसंग समेत रुष्ट भएका । घटना घटेको केही वर्षमानै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माडीमा नै ल्याएर पिडीतका परिवारसंग भेट गराउने भनिएपनि ९ वर्षसम्म कुनैपनि पिडितका परिवारसंग भेट नगराएको बादरमुडे घटनामा श्रीमति र छोरा गुमाएका  कल्याणपुर ५ किर्तनपुरका निर्मल सापकोटा–

सुन्नुहोस् उनकै आवाज

माडीको बाँदरमुढे घटनामा परेका केही विरामीहरु अहिले पनि आफनो खेतबारी बेचेर भएपनि उपचार गराउन बाध्य भएका छन् । तर त्यसपछि बनेका गणतान्त्रिक सरकारहरुले पनि वास्ता गरेको देखिँदैन ।

यो घटनालाई सामान्य रुपमा लिदैनौँ भनेर सरकार र दलका नेताहरुले भनेपनि सबैले सामान्य रुपमा लिएको जस्तो देखिन्छ ।

पीडितहरुलाई एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडी महोत्सवमा ६० लाख रुपैयाँ राहतको घोषणा गरे पनि पिडितहरुले मानविय संबेदनालाई पैसासंग जोडेको भन्दै प्रचण्डले घोषणा गरेको राहतको प्याकेज बहिस्कार गरे । तर कतिपयले घाइतेहरुले बहिस्कार नगरेको भएपनि घटनालाई राजनीतिक रङ्ग दिइराख्न संघर्ष समितिको नाममा बहिस्कार गरिएको बताउने गरेका छन् । उनीहरु भन्छन् ‘राहत आउनुपर्ने जति आएको छैन, तर आएको पनि घाइतेकै नाइकेहरुले खाएका छन् ।’
बाँदरमुढेमा शोकसभा

घटनाको स्मृतिमा आज बाँदरमुढे घटना पीडित संघर्ष समिति चितवनले बाँदरमुढे खोलामा शोकसभा गरेको छ । प्रत्येक वर्ष उनीहरुले सम्झनाका रुपमा शोकसभा र दिप प्रजज्वलन गर्ने गरेका छन् । आजको शोकसभा कार्यक्रम मानव अधिकारकर्मी सुरज प्याकुरेल र वरिष्ठ पत्रकार युवराज घिमिरेलगायत घटनास्थल बाँदरमुडे खोलामा उपस्थित भएका छन् ।

 

सुवास लामिछानेको सहयोगमा


  •  
  •  
  •