‘प्रचण्ड र वैद्य’को बन्दले जनजीवन प्रभावित

113
  •  
  •  
  •  

काठमाडौं २७ पुस (ओएनएस) :  एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आज एकै दिन बन्द गरेको छ । एमाओवादी सहितको ३० दलीय मोर्चाले उनीले नामाकरण गरेका जातिय राज्यमा बन्द गरेको छ । बन्दले ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । सहमतिमा संविधान निर्माण गरिनुपर्ने माग राख्दै एमाओवादी सहितको तीस दलिय मोर्चाल तमुवान, मगरात, किरात, खुम्बुवान, लिम्बुवान बन्द गरेको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने पश्चिम नेपालमा बन्द्य गरेको छ । बिहानैदेखि गरिएको बन्दका कारण विद्यार्थी, यात्रुहरुलाई समस्या भएको छ । संविधानसभा विगटन गरि राष्ट्रिय राजनितिक सभाको माग गर्दै पश्चिम नेपालका दाङसहित सेती महाकाली र भेरी कर्णाली क्षेत्रमा बन्दको आह्वान गरिएको छ ।


  •  
  •  
  •