बन्दको प्रभाव देशभर, राजधानीमा झडप, विभिन्न स्थानमा तोडफोड र आगजनी (अपडेटसहित)

432
  •  
  •  
  •  

200
सुर्खेतमा आगजनी गरिएकाे मोटरसाईकल

काठमाडौं, २४ चैत (ओएनएस) :  एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले अह्वान गरेको तीन दिने नेपाल बन्दको पहिलो दिन राजधानीसहित देशभरको जनजीवन प्रभावित बन्यो ।

बन्दकर्ताले ठाँउठाँउमा प्रदर्शन गर्नुका साथै सवारी साधनमा तोडफोड र अागजनी गरेका छन् भने केहि स्थानमा झडप समेत भएको छ ।

बालकुमारीमा ट्याक्सीमा आगजनी, बिजुली बजारमा झडप

बन्दकर्ताले विहान बालकुमारीमा ट्याक्सीमा आगजनी गरेका छन् । यात्रु बनेर आएका बन्दकर्ताले विहानै ट्याक्सीमा आगजनी गरेका थिए ।  यस्तै राजधानीको विजुली बजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको क्रममा केहि प्रदर्शनकारी भएको छ ।

प्रहरीले बन्दकर्तालाई पक्राउ गरेर लागे क्रममा झडप भएको थियो । बन्दकारीलाई भ्यानमा हालेर लाने क्रममा बिजुली बजारमा प्रदर्शकारीले प्रहरीलाई रोकेका थिए । उनीहरुले प्रहरीलाई ढुंगा प्रहार गरे गर्दै स्थिति तनावग्रस्त बनाएका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै बन्दकर्तालाई हटाउने क्रममा चार जना बन्दकर्ता घाइते भएका हुन् ।

भैरहवमा मोटरसाइकलमा आगजनी

Bharahawa
आमहड्तालको पहिलो दिन बन्दको प्रभाव भैरहवामा देखिएको छ । बन्दका कारण यस क्षेत्रका उद्योग,कलकारखाना,बजार यातायात शैक्षिक संस्था पूर्णरुपमा ठप्प रहेको छ ।

बन्दकर्ताहरुले विहानैदेखि बुद्धचोकमा जम्मा भइ बन्द गराउदै हिडेका छन । बन्दकर्ताहरुले भैरहवाको बर्मेली टोलमा भारतीय नम्बर प्लेटको युपी ५६ जे २७०७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

सुदुरपश्चिमा कम प्रभाव
बन्दको प्रभाव सुदूरपश्चिममा कम देखिएको छ । धनगढीको मूल बजार फाट्टफुट्ट खुलेका छन् भने भित्रि बजार पूर्णरुपमा खुला रहेका छन् । विद्यालय संचालनमा छन् । बन्दमा लामो दूरीका कारण सवारी साधन भने ठप्प रहेका छन् । कलकारखाना पनि भित्रि रुपमा संचालनमा रहेका छन् । डडेल्धुरा, दीपायल बजार खुलेका छन् ।

महेत्तरीमा बसमा तोडफोड

महोत्तरीको जलेश्वरमा बन्दकर्ताले एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् । समसीबाट जलेश्वर आउँदै गरेको ज.१.ख. ६५९ नम्बरको मुन्ना ट्राभल्स बसमा बन्दकर्ताले तोडफोड गरेका हन् ।

तोडफोडबाट बसको सिसाहरु फुटेका छन् । बसमा सवार पाँच जना यात्रुलाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । बन्दको क्रममा महोत्तरीको जलेश्वर, बर्दिवास, गौशाला, मटिहानी, रामगोपालपुरसहितका बजारहरु ठप्प छन् ।

सुर्खेतमा मोटरसाईकलमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा एउटा मोटरसाईकललाई बन्दकर्ताले आगजनि गरेका छन् । भे ४ प ४४३८ नम्वरको मोटरसाईकल महिला प्रशिक्षण कार्यालय अगाडी आगजनी गरेका हुन् ।

आगजनीवाट मोटरसाईकल पुर्ण रुपमा क्षति भएको छ । आमहड्ताले सुर्खेतको जनजीवन विहानैदेखी प्रभावित भएको छ । विहानैदेखी सुर्खेतमा रहेका सम्पुर्ण कलकारखाना, बजार, शिक्षणसंस्था बन्द रहेका छन् ।

सवारीसाधन तोडफोड गर्ने उमेश शाही र दक्त प्रसाद उपाध्ययाय लाई प्रहरीले पक्राउ गरेको छ ।


  •  
  •  
  •