३० दलीय मोर्चाको भोली र पर्सीको आमहड्ताल फिर्ता

212
  •  
  •  
  •  

30 dalकाठमाडौ, २४ चैत(ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आव्हान गरेको बन्द फिर्ता लिएको छ ।

हड्तालको पहिलो दिन साँझ बसेको मोर्चाको बन्द फिर्ता लिने निर्णय गरेको हो । एमाओवादी अध्यक्ष तथा मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आमहड्ताल फिर्ता लिने प्रस्ताव गरेका थिए ।

आमहड्तालको पहिलो दिन देशभरको जनजीवन प्रभावित भएको थियो । बन्दका क्रममा विभिन्न स्थानमा सवारी साधन तोडफोड तथा बन्दकर्ताहरू पक्राउ परेका थिए ।

बन्दका कारण जनताले दुःख मात्र पाएको भन्दै चौतर्फी दबाव आएपछि बन्द फिर्ता लिइएको बताइएको छ। प्रचण्डले पनि चौतर्फी दवाव आएको भन्दै फिर्ता लिन प्रस्ताव गरेका थिए ।


  •  
  •  
  •