वीरगञ्ज रक्सौल नाका बल प्रयोग गरेर खुलाइयो

366
  •  
  •  
  •  

birjungकाठमाडौं १६ कात्तिक (ओएनएस) : लामोसमय बन्धक बनेको वीरगञ्ज रक्सौल नाका खुलाइएको छ । वीरगञ्ज नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएको छ ।

आज बिहानै शसस्त्र प्रहरीको ठूलो फौजले हस्तक्षेप गरेर नाका खुलाएपछि नेपालमा रोकिएका भारतीय गाडी फिर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उताबाट भने नाका खुलेपनि आएका छैनन ।

मितेरी पुल नाकामा सुतेका प्रदर्शनकारीलाई बिहान करिव साढे ४ बजे प्रहरीले हटाएको हो । वीरगञ्ज भन्सार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले सुत्नका लागि बनाइएको टेन्ट समेत जलाएको छ । तर आन्दोलनकारीले फेरि धर्नामा बस्ने बताएका छन् ।


  •  
  •  
  •