बन्द हिंसात्मक बन्दै, सम्बोधनपछि खुल्ने

264
  •  
  •  
  •  

काठमाडौं ६ माघ (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज आह्वान गरेको  नेपाल बन्द २ बजेबाट फिर्ता हुने भएको छ ।

बुधबार तामाङ समुदायको मनाउने सोनाम ल्होसार परेकोले २ बजेबाट बन्द फिर्ता हुने खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष एवं सभासद् रामकुमार खुम्बुले  बताएपनि तीन बजेपछि कोणसभा गरेर खुलाइने बताइएको छ ।

बन्दको कारण राजधानीलगायत देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ । राजधानीका विभिन्न ठाउँबाट बन्दकर्ता बन्द गराउँदै हिँडेका छन् । बिहानै अवेज्ञा गरेको भन्दै ट्याक्समिा आगजनी गरिएको छ। नयाँ बानेश्वरमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ। बन्दकर्ताले एउटा मोटरसाइकलमा आगजनी गरेपछि  नियन्त्रण गर्न आएकका प्रहरी र बन्दकर्ताबीच झडप भएको हो। उनीहरुले बन्दमा चलाएको भन्दै मोटरसाइलकल जलाइदिएका हुन्। झडपपछि  स्थिति तनावग्रस्त बनेको छ ।

काठमाडौंको माइतिघरमा बन्दकर्ता र बन्द विरोधीहरुबीच झडप भएको छ । बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुमाथि बन्दकर्ताहरु जाइलागेपछि केहीबेर तनाव भएको थियो ।

त्यसपछि बन्दको विरोधमा उत्रिएको मुखमा मास्क लगाएको समुहले बन्दकर्तालाई लखेटेको थियो । यद्यपी प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएको थियो ।

bikeबन्दका कारण विद्यालय, कलकारखाना, यातायातका साधनहरु चल्न सकेका छैनन्। बन्दका प्रभाव काठमाडौंमा बढी परेको छ । बन्दका क्रममा बानेश्वर र कोटेश्वरमा केही सवारी साधनमाथि तोडफोड भएको छ ।

राजधानीमा बिहानैदेखि आयोजकले बन्दको समर्थनमा विभिन्न स्थानमा जुलुुस निकालेका छन् । फाट्टफुट्टबाहेक बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन् ।

प्रहरीका अनुसार विभिन्न ठाउँमा बन्दकर्ताले पार्किङ गरी राखेका बस र ट्याक्सी तोडफोड गरेका छन् । समाचार सङ्कलनमा गएका सञ्चारकर्मीलाई समेत अवरोध पु-याएका छन् । सवारीसाधन तोडफोडमा संलग्न १८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालले राससलाई जानकारी दिनुभयो ।

राजधानीको बिजुलीबजारमा युएनको ७१०२२३ नम्बरको मोटरसाइकल बन्दकर्ताले तोडफोड गर्दै गरेको दृश्य खिच्दै गरेका एसोसिएट प्रेस (एपी)का पत्रकार उपेन्द्रमान सिंहमाथि कुटपिटसमेत गरेका छन् ।

बन्दका कारण अस्पताल जानुपर्नेलाई सबैभन्दा बढी समस्या भएको छ । काठमाण्डु विभिन्न ठाउामा १० वटा ट्याक्सी तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललगायतका सवारी–साधन तोडफोड गर्नुका साथै जलाएका छन् ।

ललितपुरमा लुकेर बसेका बन्दकर्ताले बा१ज ८०६४ नम्बरको एउटा ट्याक्सी जलाएका छन् ।

gadi-final-final3

मोटरसाइकलमा तोडफोड गरेका हुन् । बागबजारमा एक स्कु श्रीमती गंगा चित्रकार सवार बा ४६ प १८७५ स्कुटर तोडफोड भएको छ । नेपालगञ्जमा परीक्षा भइरहेको विद्यालयमा बन्दकर्ताले आगजनी गरेका छन् ।

वन्दको अवज्ञा गरेको भन्दै वन्दकर्ताले आज विहानै पुर्वी चितवन खैरहनीको वैरहनीमा एउटा ट्रकमा आगजनी गरेको छ ।

पुर्वपश्चिम राजमार्ग अन्र्तगत वैरहनीको साईबाबा ग्याँस उद्योग अगाडी वन्दको अवज्ञा गरेको भन्दै उनीहरुले पुर्व तर्फ जाँदै गरेको ना ४ त ८५२३ नम्वरको ट्रकमा आगजनी गरेका हुन् । आगजनी पश्चात वन्दकर्ताहरु भागेका थिए ।

विभिन्न स्थानबाट १ सय भन्दा बढी बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •