बन्दविरुद्ध युवाहरु सडकमा (फोटोफिचर)

421
  •  
  •  
  •  

काठमाडौं २९ पुस (ओएनएस) :  एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र मोहन वैद्य नेतृत्वको नेकपा(माओवादीले गरेको बन्दविरुद्ध युवाहरु सडकमा निस्किएका छन् काठमाडौंमा नेपाली झण्डा र केही प्लेकार्ड लिएर बन्द सधाका लागि बन्द गर्न माग गर्दै युवाहरुले र्याली निकालेका छन् ।

20150113_102150नयाँ बानेश्वरमा र्याली निस्केको छ भने माइतघरमा प्लेकार्ड सहित प्रदर्शन भएको छ । युवाहरु बन्द विरुद्ध उत्रिन थालेपछि सुरक्षा झन कडा पारिएको छ ।
नयाँ बानेश्वरमा बन्द कर्ताले बन्द विरुद्ध निस्किेका र्यालीमा सहभागिलाई हातपात गरेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्यसक्रममा सामान्य झडप भएको प्रहरीले बताएको छ ।

बन्दको विरोधमा माइतीघर र शहीदगेटमा पनि प्लेकार्ड बोकेका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले बन्दका विरुद्ध सडकमा उत्रिन सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए । कुपोण्डोलमा पनि बन्दकर्ता र प्रहरीबीच झडप भएको छ ।  काठमाडौंको महाराजगञ्‍जबाट संघीय समाजवादीका महासचिव अजम्‍बर काङबाङसहित ४३ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो। बन्द खुलाउन राजधानीको मुख्‍य चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

महोत्तरीको मटिहानी चोकमामा बन्दकर्ताले भारतीय गाडीमा तोडफोड गरेका छन्। बीर ०६ एएफ ३२३२ नम्बरको भारतीय नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन।

20150113_102235 20150113_102713 20150113_102721 20150113_102729 20150113_102740


  •  
  •  
  •