काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।
काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य देखिएको छ । बन्दका कारण सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने बसपार्कहरुबाट लामो दूरीका यातायातका साधनसमेत छुटेनन् । काठमाडौंमा साझा यातायात, टेम्पो लगायतका केहि सार्वजनिक यातायातका साधन भने चलेका छन् ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेपाल बन्द आह्वान गरेको हो ।
सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।