भदौ १५ देखि विमानस्थल ७ घन्टा बन्द

277
  •  
  •  
  •  

काठमाडौं । यहि भदौ १५ अर्थात सेप्टेम्बर १ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७ घन्टा बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नोटाम जारी गर्दै बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने जनाएको हो ।

नोटाम जारी भएको समय अर्थात् रातको २ बजेबाट साढे २ बजेसम्म भने नेपाल एयरलाइन्सको आसोका उडान भर्ने विमानका लागि पनि नोटाम लागू हुने छैन ।

नेपाल एयरलाइन्सले भदौ १२ बाट ओसाका उडान गर्दैछ । विमानस्थलको ट्याक्सी वे, ट्याक्सी वे र रन–वे बीचको लिंक रोड जोड्ने कामका लागि प्राधिकरणले नोटाम जारी गर्दै विमानस्थमा हुने उडान तथा अवतरण बन्द गर्न लागेको जनाइएको छ ।

यस्तै उक्त समयमा रन–वेमा लाइटिङको काम पनि हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री बताए ।


  •  
  •  
  •