झापादेखि कञ्चनपुरसम्म बन्द, नागरिकलाई सास्ती

701
  •  
  •  
  •  

काठमाडौं २८ पुस (ओएनएस) :  आइतबार मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले संविधानसभा भंगगर्नुपर्ने माग गर्दै बन्द गरेको थियो । सोमबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चाले बन्द गराएको छ । माओवादीका फरक फरक बन्दले नागरिकलाई सास्ती भएको छ । पहिचानसहितको संघियता र संघियतासहितको संविधान तोकिएकै मितिमा बनाउनुपर्ने माग राख्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दले तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।

मोर्चाले थारुवान, अवध, मधेश, भोजपुरा,मिथिला,तराई मधेशमा आज बन्द गरेको छ । एकीकृत माओवादीले भनेको यो क्षेत्र दाङसहित पूर्वको झापादेखि पश्चिमको कंचनपुरसम्म पर्छ । मोर्चाले पूर्व घोषित आन्दोलनका कार्यक्रमअनुसार आज गरिएको बन्दले बिहानैदेखि प्रभाव परेको प्रहरीले जनाएको छ । यातायात नचल्दा नागरिकलाई समस्या भएको छ ।

१९ जिल्लामा वैद्यको बन्द
पश्चिम नेपालमा नेकपा माओवादीले आह्वान गरेको बन्दले प्रभाव परेको छ । बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी, स्याङ्जालगायत १९ जिल्लामा माओवादीले आज बन्द आव्हान गरेको छ ।

यसअघि हिजो पनि विभिन्न जिल्ला बन्द गरेकामा विभिन्न ठाउँमा बन्दको अवज्ञा भएको थियो । सर्वपक्षिय गोलमेच सम्मेलनबाट मात्र संविधान जारी हुनुपर्ने माग राख्दै आएको माओवादी अहिले आन्दोलनमा छ ।


  •  
  •  
  •