काठमाडौं उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

152
  •  
  •  
  •  

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् ।

आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले शुक्रबार काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको हो ।

शैक्षिक हड्तालका कारण यी जिल्लाका सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन् । बन्दका कारण लाखौँ विद्यार्थीको पढाइ प्रभावित भएको छ ।


  •  
  •  
  •