विप्लव समूहद्वारा बन्द फिर्ता

198
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

चैत १६ गते नेपाल बन्दको आह्वान गरेको विप्लव समुहले एसईई दिइरहेका विद्यार्थीलाई मर्का पर्ने भन्दै बन्द फिर्ता लिएको हो ।

नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै बन्द फिर्ता लिने निर्णय गरेको विप्लव समुहले जनाएको छ । उसले चैतभित्र आफ्नो समुहमाथिको प्रतिबन्ध हटाउन माग गरेको छ ।


  •  
  •  
  •