काठमाडौ, ६ माघ (ओएनएस) : एमाओवादी नेतृत्वको मोर्चाले नाराबाजी गरेपछि मंगलबारका संविधानसभाकोे बैठक स्थगित भयो । संविधानसभा स्थगित भएपछि मोर्चाका सभासदहरु उत्तेजित शैलीमा नाराबाजी गर्दै बानेश्वरबाट बिजुलीबजारतर्फ अघि बढे ।
एमाओवादी मोर्चाले मंगलबार आह्वान गरेको नेपाल बन्दको समापन गर्नको लागि सम्बोधन गर्न आफ्ना नेताहरु उत्तेजित शैलीमा नाराबाजी गर्दै आएको देखेपछि बन्दकर्ता त्यतातर्फ जान खोजे । बन्दकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र बन्दकर्ताबीच झडप भयो ।
झडपको क्रममा एमाओवादी सभासद जनार्दन शर्मा, रुपा महर्जन घाइते भए भने प्रचण्डका सुरक्षा गार्डलाई बन्दकर्ताले कुटेपछि बाबुरामले मात्र सम्बोधन गरे । हेरौ फोटोमा झडप अघि र पछिको झलक