माघ ३ र ५ गतेको बन्द फिर्ता, ६ गते संयुक्त बन्द

423
  •  
  •  
  •  

कठमाडौं, ३० पुस (ओएनएस) : मोहन  बैद्य नेतृत्वको नेकपा–माओवादीले माघ ३ गते आह्वान गरेको नेपाल बन्दा फिर्ता लिएको छ । साथै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पनि माघ ५ गते आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

एमओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालका संयोजक पदमरत्न तुलाधरबीच बुधबार भएको संयुक्त बैठकलले ३ र ५ गतेको बन्दै फिर्ता लिदै माघ ६ गते संयुक्त रुपमा बन्द आह्वान गर्ने निर्णय गरेका हुन् ।

बुधबार बसेको तीन पक्षबीचको बैठकले मंगलबार आयोजना गरिएको बन्द कम प्रभावकारी भएको भन्दै संयुक्त रुपमा बन्द आयोजना गर्न सहमत भएका हुन् । बैठकले आन्दोलन गर्न समिति बनाउने समेत निर्णय गरेको छ ।

यसअघि प्रचण्डले आदिबासी जनजाती राष्ट्रिय आन्दोलन नेपालको कार्यक्रममा आन्दोलन गर्न प्रतिकार दस्ता बनाउने प्रस्ताव गरेका थिए । बैठकमा त्यस बिषयमा पनि छलफल भएको थियो ।


  •  
  •  
  •